येशुलाई चिनेर
तपाईं आमन्त्रित हुनुहुन्छ
सबै भन्दा राम्रो दिन को लागी
हामीलाई व्यक्तिगत रूपमा तपाईंको आवश्यकता थाहा छैन।
तर परमेश्वरलाई थाहा छ।
तपाईले परमेश्वलाई अझै चिन्नु भएको छैन होला तर उहाँले तपाईंलाई राम्रो संग चिन्नुहुन्छ।
ईसाई बन्नु भनेको धार्मिक वा कर्मकाण्डको विषयमा होइन। यो हाम्रो सृष्टिकर्तासँग प्रगाड सम्बन्धमा रहनु हो।
किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्रलाई दिनुभयो।
किनकी जसले उहाँमा विश्वास गर्छ, उ कहिल्यै नाश हुनेछैन तर उसले अनन्त जीवन पाउदछ।
– (यूहन्ना ३:१६)
मानिसहरु धन – सम्पति, सेक्स, ड्रग्स, प्रसिद्धि, शक्तिशाली र आत्मीय मानवीय सम्बन्धहरूले पनि कहिल्यै सन्तुष्ट हुन सक्दैन तर परमेश्वरले मानिसको भित्री रित्तोपनालाई भरेर तपाईंलाई निःशर्त प्रेम गर्नु हुन्छ।
यदि तपाईं परमेश्वरसंग सम्बन्ध राख्न चाहनुहुन्छ भने, यहाँ एक धेरै सरल प्रार्थना छ, जुन तपाईंले हृदयबाट नै यो प्रार्थना गर्न सक्नुहुन्छ ।
प्रभु येशु,
म विश्वास गर्छु कि तपाईं मेरो पापको लागि मर्नुभयो
मैले मेरो जीवनमा गरेको गल्तीको लागि म क्षमा चाहन्छु।
कृपया मलाई माफ गर्नुहोस्। म मेरो बाटोबाट फर्केर तपाईंको अनुसरण गर्न तयार छु।
तपाईं मेरो लागि क्रूसमा मर्नुभयो,
ताकि म क्षमा पाउन सकूँ र पापबाट मुक्त हुन सकूँ।
अब, म तपाईलाई मेरो व्यक्तिगत मुक्तिदाता र प्रभुको रूपमा ग्रहण गर्दछु। आजदेखि म तपाईंलाई मेरो जीवनको केन्द्रबिन्दु हुन् आमन्त्रित गर्दछु।
प्रभु येशुको नाममा, म प्रार्थना गर्दछु, आमेन!
यदि तपाईंले त्यो प्रार्थना माथि प्रार्थना गर्नुभएको छ भने,
हामी तपाईंको बारेमा थप जान्न र तपाईंको नयाँ यात्रामा मद्दत गर्न चाहन्छौं।

